कोरोना विशेष अस्पतालमा मिर्गौला रोगीको मृत्यु, भाइरसको आशंका, रिपोर्ट आउन बांकी

विशेष समाचार समाचार स्वास्थ्य
कोरोना विशेष अस्पतालमा मिर्गौला रोगीको मृत्यु, भाइरसको आशंकामा थिए आइसोलेसनमा, रिपोर्ट आउन बांकी

न्यूज अपडेट
चितवन, ११ चैत

भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक युवकको मृत्यु भएको छ। भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३० वर्षीय युवकको आज बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए।

मिर्गौला रोगी समेत रहेका ती युवकको आइसीयुमा उपचार भइरहेको थियो।

आइसोलेन वार्डमा उपचाररत् उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको स्वाव काठमाडौं पठाइएको छ। स्वाव परीक्षणपछि मात्रै उनमा कोरोनाको संक्रमण भएनभएको भन्ने खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *