भक्तपुरका चोक चोकमा कडा निगरानी, चितवनमा लकडाउन उलंघन गर्ने १० पक्राउ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, ११ चैत


सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न चैत ११ देखि १७ गतेसम्म गरेको लकडाउन कडाइका साथ लागू गरेको छ । भक्तपुरका चोक चोकमा प्रहरी, टाफिक र सशस्त्र प्रहरीबाट यसको अनुगमन गरिरहेको छ । तर चितवनमा भने लकडाउनको उलंघन गर्ने १० जनालाई भने पक्राउ गरेको छ । पक्राउमा पर्नेहरु लकडाउन कार्यविधिअनुसार ६ महिनासम्म र ६ सय रुपैयाँ वा दुवै सजाय दिनसक्ने व्यवस्था गरेको छ ।
लकडाउन हामी आफैका लागि सुरक्षित गर्न अपनाउने भएकाले यसको कार्यान्वयन हामी आफै गर्नुपर्ने नियमनकारीहरु बताउँछन् । भक्तपुरमा धेरै ठाउँमा सुनसान देखिएपनि कतिपय मानिस बाहिरै हिड्डुल गरेको पाइन्छ । प्रहरीले भने ती मानिसलाई माक्सको प्रयोग गर्न जोड दिएका छन् । साथै यस्तो अवस्थामा बाहिर ननिस्कन सुझाएका छन् ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *