विद्युत प्राधिकरणका १६ सय कर्मचारी सरुवा

विशेष समाचार समाचार

काठमाडौं १ असार


नेपाल विद्युत प्राधिरकणले एकैपटक करिब १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुको सरुवा गरेको हो । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो । त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन थियो । तर, कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *