बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, ११ चैत

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट जात्रा संचालन कार्यदल २०७६ को बैठकले विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रालगायतका अन्य जात्राहरुसमेत औपचारिक पूजाआजामा सीमित गर्न सम्बन्धित सबै पक्ष र सर्वसाधारण जनतामा आग्रह गर्ने निर्णय गरिएको थियो ।
कार्यदलमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थानको कार्यालय भक्तपुर, विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम भक्तपुर शाखा, भैल नायो, विस्का जात्रा सहयोग समिति लगायतका प्रतिनिधिहरु सदस्य रहेका छन् ।
निर्णयको पूर्ण विवरण यस प्रकार रहेको जानकारी दिएको छ ।
विस्केटजात्रा भक्तपुरवासीहरुको महत्वपूर्ण पर्व हो । हरेक वर्ष चैत्रको अन्तिम साता शुरु भई नयाँ वर्षसँगै बैशाख महिनाको पहिलो हप्तासम्म चल्ने यो जात्रा अवलोकन गर्न देशी विदेशी हजारौं नागरिकहरु भक्तपुर आउने गर्छन् । संचार जगतको विकासले विस्केट जात्रा संसारका कुना काप्चाबाट प्रत्यक्ष हेर्न सक्ने भएको छ । यस्तो महत्वपूर्ण जात्रा नजिकिंदै छ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा संचालन गर्न नगरपालिका, जिल्ला प्रशासन, गुठी संस्थान, जात्रा व्यवस्थापन समिति सबै आ–आप्mनो तर्पmबाट तयारीमा रहँदै आएका छौं ।
विश्व स्वास्थ्य संगठनले पुस १५ गतेपछि विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोराना भाइरस (कोभिड–१९) बाट चैत्र ९ गतेसम्म १७७ भन्दा बढी देशमा पैmलिएको, १४००० बढीको मृत्यु भएको, २ लाखभन्दा बढी संक्रमित भएको उल्लेख गर्दै नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको हुँदा समयमै सजगता अपनाउन आग्रह गरेको छ ।
नेपाल सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न चैत्र ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाइ सेवा बन्द, चैत्र १० गतेदेखि लामो दूरीका यातायात बन्द गर्ने, अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । विद्यालय, कलेज, विश्वविद्यालयहरुका पठन पाठन बन्द गरी २५ जना भन्दा बढी भिडभाड जम्मा नगर्न समेत प्रधानमन्त्रीज्यूबाट घोषणा भएको अवस्थामा कोरोनाबाट सबै नागरिक अत्यन्त त्रसित र सशंकित छन् ।
यस्तो विशेष परिस्थितिमा सबै नागरिकले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु अनिवार्य छ । कोरोनाको संक्रमण भएमा अत्यन्तै भयावह स्थिति आउन सक्ने सम्भावनालाई ध्यानमा राखी यस विस्केट जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरु सम्मिलित आजको बैठकले परम्परादेखि चलिआएको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित राखी जात्रा सम्पन्न गर्न सबैमा अनुरोध गर्ने निर्णय गरियो । यसका साथै विस्केट जात्राको समयावधिमा विभिन्न टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रा लगायत सम्पूर्ण जात्राहरु समेत औपचारिक पूजाआजामा मात्र सीमिति गर्न सम्बन्धित सबै सरोकारवाला पक्ष र जनताहरुमा आग्रह गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *