शेर्पा लागुऔषधसहित पक्राउ

काठमाडौं, १५ फागुन नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ परेका छन्। नवाङ यति समूहका सदस्य हुन्। गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूको बुधबार जिल्ला अदालतमा बयान भएको छ। ‘पक्राउ परेका चारजना मध्ये तीन जनाको बयान भएको छ’, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले भने।भोलि थुनछेक बहस […]

Continue Reading

युवराज खतिवडाको बहिर्गमन चर्चाले उचालियो सेयर बजार, कारोबारमा नयाँ रेकर्ड

  काठमाडौं, १५ फागुन सेयर बजारको परिसूचक नेप्से केही सातादेखि निरन्तर बढिरहेको छ। अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको म्याद सकिने हल्ला बजारमा एक महिनादेखि नै चल्न थालेको हो।उनको म्याद सकिने हल्लापछि बजारले निरन्तर उकालो यात्रा समातिरहेको छ। अहिले त झन् उनको सदस्य पदमा बामदेव गौतमलाई लैजाने कसरत भएसँगै बजार झनै उकासिएको छ। एक महिनाकै […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

काठमाडौं, १५ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गरेको छ । सो अवसरमा उनले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे । पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं […]

Continue Reading

भक्तपुर महोत्सवसम्बन्धी शैक्षिक सरोकारवालाहरुको भेला

भक्तपुर, १५ फागुन भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४ गतेदेखि ८ गतेसम्म हुने भक्तपुर महोत्सव २०७६ मा प्रदर्शन गरिने शैक्षिक प्रदर्शनीको तयारीमा विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरुबीच छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ । भेलामा सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव २०७६ लाई स्मरणयोग्य महोत्सव बनाउन र भक्तपुरलाई वर्षैभरि पर्यटकीय र महोत्सवमय बनाउने प्रयासमा नगरपालिकाले […]

Continue Reading

अमेरिकी एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनबाट रोक्नु आवश्यक छ – प्रमुख सुनिल प्रजापति

भक्तपुर, १५ फागुन अहिले मिलिनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौताको विषयमा व्यापक चर्चा छ । अमेरिकाले एमसीसी सम्झौता अन्तर्गत रु. ५५ अर्ब सहयोग गर्ने सम्बन्धमा पक्ष र विपक्षमा बहस चलिरेहको छ । सत्तारुढ दल नेकपाभित्रै कार्यदल गठन गर्नु परेको स्थिति छ । प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलगायतका मन्त्री तथा नेताहरु एमसीसी संसदको हिउँदे अधिवेशनबाट जसरी पनि पास गराउने […]

Continue Reading

भक्तपुर बचतको दोसो भवनको उद्घाटन, प्रशासनिक र व्यावसायिक दुईवटा रहने

भक्तपुर, १४ फागुन सहकारीताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता नाराका साथ वि.सं. २०५४ सालमा स्थापित भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो भवन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँबाट उद्घाटन भएको छ । यही पुस मसान्तसम्ममा कूल निक्षेप २ अर्ब ३७ करोड ९ लाख ५० हजार रुपैयाको कारोबार गर्न सफल भएको […]

Continue Reading

पाँच दिने अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

भक्तपुर, १३ फागुन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८–१२ गतेसम्म सञ्चालित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको समापन कार्यक्रम सोमबार सहिद स्मृति खेलमैदानमा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवालले खेलकुदमा इमान्दारिता, अनुशासन, मित्रता, स्वास्थ्य र सार्वभौमिकतासँगै जोडएको हुन्छ भन्दै सरकारले खेलकुदलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश […]

Continue Reading

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको सोमबारको नतिजा

भक्तपुर, १२ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फकाे  ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्पmको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन गरे । पुरुषतर्फ अर्काे म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने […]

Continue Reading

‘‘भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार

  भक्तपुर, १२ फागुन भक्तपुर साँगीतिक समाजको आयोजनामा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ । “सोच”, “खोज”, “मोज” र “म सक्छु” जस्ता उत्प्रेरक तथा सकारात्मक सोच प्रती अग्रसर हुन प्रेरणा दिने खालका पुस्तक एवं विभिन्न सकारात्मक प्रवचनका लागि लामो समय देखि कलम चलाउँदै र हौस्याउदै आएका नेपालका एक सफल होटल ब्यवसायी समेत रहेका लेखक […]

Continue Reading

‘‘मिलेनियम च्यालेन्ज कर्पोरेशन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयक प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर, १२ फागुन भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरुबीच प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वर्तमान समयमा अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँ गर्नु आवश्यक भएको बताए । दुई […]

Continue Reading