गल्फ लुब्रिकेन्टका वितरकलाई पुरस्कार

समाचार

रौतहट, २२ मंसिर


गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेड र जैयसवाल ट्रेडिङ्ग कन्सर्नले गल्फ मोबिलका खुद्रा ब्यबसायीलाई पुरस्कार बितरण गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा शनिवार आयोजित एक कार्यक्रमका बिच रिटेलर्ससंगको भेटमा गल्फ मोबिल सबैभन्दा बढि बिक्री गर्ने वितरकहरुलाई सोही अनुसार पुरस्कार बितरण गरीएको हो । जैयसवाल जर्नर सप्लायर्स गरुडाका प्रोपाईटर सन्तोष जैयसवालले १५ हजार मोबिल बिक्री गरे बापत–२ वटा मोटरसाईकल, यादब ट्रेडर्स हर्षहाका प्रोपाईटर झगरु यादबले १० हजार गल्फ मोबिल बिक्री गरे बाट एक थान मोटरसाईकल बाट पुरस्कृत भएका हुन । यसैगरी फिल्टर– १५ थान, ५५ ईन्चको एलईडी टिभी– २ थान, वासिङ्ग मेसिन – ५ थान, भ्याकुम क्लिनर–२ थान, ब्लुटुथ स्पीकर–१० थान, वाटर पयुरीफायर–५ थान, ईलेकिट्रक राईस कुकर – ८ थान बितरण गरिएको र जैयसवाल ट्रेडिङ्ग कन्सर्नका प्रोपाईटर रवि जैयसवालले बताए । आर्थिक वर्ष ०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष ०७५/७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने खुद्रा ब्यबसायी लाई पुरस्कृत गरिएको हो । ३२ वर्षभन्दा लामो समयदेखि नेपाल ल्युब आयलले गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गर्दै आएको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै प्राविधिक सम्झौता अनुरुप लुब्रिकेन्ट निर्माण भैरहेको आयोजकले जनाएको छ । सबारी साधनका धनीले सडकमा गुडाउनु पूर्ब सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने संचारकर्मी संजय कार्कीले बताए । खुद्रा ब्यबसायीहरुले मोबिल बिक्री गर्दा मुल्यको एकरुपता हुनु पर्ने उनको भनाई छ । ब्यबसायीको मिहिनेत र गल्फ लुब्रिकेन्टको बिश्वनियताले बजार बिस्तार भएको जैयसवाल ट्रेडिङ्ग कन्सर्नका प्रोपाईटर रवि जैयसवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *