कुखुरापालनबाट मनग्य आम्दानी

अर्थ/वाणिज्य समाचार

गाईघाट, १० पुस


वैदेशिक रोजगारीबाट फर्केपछि त्यहाँको सीप र अनुभव उपयोग गर्दै आफ्नै गाउँघरमा स्वरोजगार बन्नेक्रम बढ्न थालेको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने दीपक राईले स्थानीय जातका कुखुरा पाल्न थालेपछि मासिक रु ५० हजारसम्मको कुखुरा बिक्री गर्न थालेको छ ।
सात वर्ष अगाडि वैदेशिक रोजगारीबाट स्वदेश फर्केका राईले चार वर्षदेखि स्थानीय जातका कुखुराको फार्म सञ्चालन शुरु गरेको हो । अहिले मासिक रु ५० हजार बराबरको कखुरा बिक्री गर्ने गरेको राईले बताए ।

आफूसँग अहिले घर परिसरको पाँचकठ्ठा जग्गामा चार वटा लोकल कुखुरा फार्म रहेको र तीन हजारसम्म कुखुरा फार्ममा रहेको राईले बताए । सबैले ब्रोइलर कुखुराको फार्म सञ्चालन गर्ने गरेका छन् नि भन्ने प्रश्नमा राईले भने “ धेरैले ब्रोइलर पाल्छन् तर मैले स्वाद र धेरै मानिसको रोजाईमा पर्ने स्थानीय जातको कुखुरा फार्म सञ्चालन गरेको हुँ, यसको फार्म नै चलाएर राम्रै आम्दानी गर्न सकिन्छ ।”

दुई वर्षसम्म लोकल कुखुरा हुर्काउन लाग्यो । धेरै भाले पोथी हुर्केपछि अहिले भने आफ्नै फार्मबाट कुखुरा उत्पादन हुने गरेको राईले बताए । प्रतिकिलो मासु रु ६०० देखि ७०० सम्म पर्छ । “लोकल कुखरा प्रायः गाउँमा र गाईघाट बजारका होटलमा धेरै बिक्री हुने हुनाले बजारको पनि खासै समस्या छैन,” राई बताउछ ।

कुखुरा फार्ममा नै बिक्री हुन्छ । वार्षिक रु छ लाख हाराहारी कुखुरा बिक्रीबाट आम्दानी हुने गरेको राई बताउछ । अरुले चाँहि विदेशबाट आएर ब्रोइलर कुखुराको फार्म सञ्चालन गरे पनि राईले भने विदेशको अनुभव स्वदेशमा आएर स्थानीय जातको कुखुराको फार्म सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *