नेपाल र कतारबीच छलफल

काठमाडौँ, २४ मङ्सिर नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता परिमार्जन गर्ने उद्देश्यका लागि दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिमार्फत पहल गर्ने विषयमा छलफल भएको छ । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता ९जिसिएम० महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच […]

Continue Reading

शेयर बजार : दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २४ मङ्सिर धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने […]

Continue Reading

ओखर बगैँचा स्थापना हुँदै

बैतडी, २४ मङ्सिर फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको […]

Continue Reading

‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ मङ्सिर प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै […]

Continue Reading

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

काठमाडौँ, २४ मङ्सिर विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेका कार्यक्रमका वक्ताले भ्रष्टाचार कम गर्न यसविरुद्ध शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष […]

Continue Reading

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै

काठमाडौँ, २४ मङ्सिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए । महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई […]

Continue Reading

कुपोषणको अवस्था डरलाग्दो

बाँके, २४ मङ्सिर बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उनलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए । उसले त्यसै गरे। तुलारानी बच्चा लिएर भेरी अञ्चल अस्पतालको पुनःस्थापना […]

Continue Reading

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश

काठमाडौँ, २४ मङ्सिर नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४ र ७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको […]

Continue Reading