भक्तपुर, १० पुस
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरवारमार्ग, बौद, भक्तपुर, ललितपुर लगायत स्थानमा क्रिसमस ट्रि बनाएर सजाइएको छ ।
यस अवसरमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यत्र,मको समेत आयोजना गरिने जनाइएको छ ।