देश र जनताको सेवा गर्ने जीवनका उद्देश्य हुनुपर्ने

भक्तपुर, ४ पुस भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा बुधबार कलेजको प्राङ्गणमा शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शिक्षा व्यक्तिगत र सामाजिक विषय भएको र समाजवाद हुँदै […]

Continue Reading

प्रथम ठोरी महोत्सव हुँदै

रामपुर ४ पुस पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ । ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ । ठोरी गाउँपालिकाको […]

Continue Reading

तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

लमही, ४ पुस दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन […]

Continue Reading

ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ, ४ पुस ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४ र ७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । […]

Continue Reading

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

बेझाड, ४ पुस माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७० र ०७१ देखि साविक जिल्ला कृषि विकास […]

Continue Reading