नेप्से घट्यो, कारोवार बढ्यो

काठमाडौँ, १२ पुस बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ […]

Continue Reading

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

बझाड, १२ पुस पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन् । हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी […]

Continue Reading

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने

काठमाडौँ, १२ पुस राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेको थियो । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र […]

Continue Reading

वितरक महासङ्घको अधिवेशन पुस २१ मा

हेटौँडा, १२ पुस व्यापारिक संस्था वितरक महासङ्घ नेपालको केन्द्रीय अधिवेशन पुस २१ गते हेटौँडामा हुने भएको छ । महासङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । देशभर ३५ जिल्लामा शाखा भएको महासङ्घको महाधिवेशनमा ३५ जिल्ला बाट २५० प्रतिनिधि तथा १५० पर्यवेक्षकसमेत उपस्थित हुने महाधिवेशन तयारी समितिका संयोजक डिलाराम तिवारीले बताए । पत्रकार […]

Continue Reading

मेलम्चीको काम छिटो सक्न माग

काठमाडौँ, १२ पुस पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनुपर्ने बताएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा उनले आयोजना निर्माणको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पनी सिएमसीले के कारणले काम रद्द ग¥यो यस विषयमा सरकार गम्भीर बन्नुपर्छ भने । पूर्वप्रधानमन्त्री खनालले चारदशक लामो प्रयासमा […]

Continue Reading

बहुविवाह गर्ने एक जोडी प्रहरी फन्दामा

अछाम १२ पुस अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् । बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला भण्डारीलाई अछाम प्रहरीले पक्राउ गरेको हो । प्रेमप्रसादकी श्रीमती जमुना भण्डारीले यही मङ्सिर ८ गते आफू घरमा हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै […]

Continue Reading

धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

धरान, १२ पुस पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्तर्गत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले […]

Continue Reading

पत्रकार सिग्देललाई पुरस्कार

नवलपरासी, १२ पुस नेपाल पत्रकार महासङ्घ नवलपरासीले स्थापना गरेको स्व देवीप्रसाद सुवेदी स्मृति राष्ट्रि«य पत्रकारिता पुरस्कार २०७५ बाट नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देललाई प्रदान गरिने भएको छ । सो पुरस्कार आगामी पुस १४ गते हुने महासङ्घको साधारणसभाको अवसरमा वितरण गरिने महासङ्घ शाखाका अध्यक्ष होमराज रानाभाटले जानकारी दिए । पुरस्कारको राशी रु पाँच हजार […]

Continue Reading

दुई सन्तानको अभियानमा चेपाङ

रत्ननगर, १२ पुस कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापरे । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेको हो । “धेरै […]

Continue Reading