कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बझाड, ५ पुस अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताए । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ”, […]

Continue Reading

शीतलहरले मधेशको जनजीवन कष्टकर

सिरहा, ५ पुस  मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर […]

Continue Reading

दुई महीनादेखि विद्युत उत्पादन बन्द

नवलपरासी, ५ पुस पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत उत्पादन बन्द भएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकता अनुसार पानी नहुँदा विद्युत उत्पादन गृहमा लामो समयदेखि विद्युत उत्पादन बन्द हुन पुगेको हो । कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा […]

Continue Reading

अवैध ढुङ्गा बालुवा निकासी

कास्की, ५ पुस कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महीनादेखि लगातार दिनमा तथा रातको समयमा समेत नदीबाट ढुङ्गा, बालुवा निकालेर लैजाने गरेको सूचनाका आधारमा बुधबार गरिएको अुनगमनका क्रममा ठूलो परिमाणमा ढुङ्गा तथा […]

Continue Reading

बनेपाको पाउरोटी उद्योगमा सिल

काभ्रेपलाञ्चोक, ५ पुस बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आएकी थिइन् । विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको […]

Continue Reading

महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

काठमाडौँ, ५ पुस तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिए । उनका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज […]

Continue Reading

बाह्र दशमलव दुई किलोमिटर पाइप ओछ्याउन बाँकी

वीरगञ्ज, ५ पुस नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको  मात्र ओछ्याउन बाँकी रहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ । “तीव्र गतिमा बाँकी काम भइरहेको छ”, परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौड्यालले भने, “बाधा अवरोध नभए […]

Continue Reading

सवारी साधन सम्बन्धी सेवा शुरु

सुर्खेत, ५ पुस सेवाग्राहीले अब सुर्खेतबाटै यातायातका सवारी साधनसम्बन्धी सेवाहरु पाउने भएका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले विहीबार वीरेन्द्रनगरमा नविकरण सेवा उद्घाटन गरे सँगै अब यातायात व्यवस्था कार्यालयबाट सवारी साधन सम्बन्धी कामहरुको थालनी गरिएको हो । यसअघि यातायात व्यवस्था कार्यालयले सेवा विस्तार गर्न नसक्दा सुर्खेत आसपास जिल्लाका सेवाग्राहीले नयाँ गाडी […]

Continue Reading

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ४ पुस सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित […]

Continue Reading

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची, ४ पुस  मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा बिहीवार आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै […]

Continue Reading