‘नेपालको भरपर्दो सहयोगी जापान’

काठमाडौँ, ९ पुस नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताएको छ । हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको […]

Continue Reading

अष्ट्रेलियामा पनि चम्किए सन्दीप

काठमाडौँ, ९ पुस अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो […]

Continue Reading

अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

ललितपुर, ९ पुस महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री परीसरले […]

Continue Reading

महासङ्घको विधान अधिवेशन पोखरामा हुने

काठमाडौँ, ९ पुस नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ । महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने र त्यसका लागि अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन […]

Continue Reading

शिक्षा क्षेत्रमा सबैभन्दा बढी अनियमिता

काठमाडौँ, ९ पुस शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]

Continue Reading

हुलाकी सडक कालोपत्र हुँदै

बाँके, ९ पुस बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् । रु ६२ करोड १८ लाख ३८ हजार ६६६को […]

Continue Reading

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने

कञ्चनपुर, ९ पुस शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ । पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको […]

Continue Reading

वीरगञ्जको घण्टाघर तनावग्रस्त

वीरगञ्ज, ९ पुस आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ । महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् । प्रअ मेहताले शैक्षिक […]

Continue Reading

पुस २६ देखि पर्यटन मेला

गलेश्वर, ९ पुस प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ देखि माघ ३ गतेसम्म […]

Continue Reading