‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

काठमाडौँ, ८ पुस नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताएको छ । बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उनले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गरे । […]

Continue Reading

स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा २० सुझाव

काठमाडौँ, ८ पुस पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी गत मङ्सिर २६ गतेदेखि सुरु गरेका प्रतिस्पर्धामा हालसम्ममा २० सुझाव प्राप्त भएको जनाइएको छ । काठमाडौँको समस्या पहिचान गरी निराकण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न […]

Continue Reading

शोकमा विद्यालय बन्द

तुलसीपुर, ८ पुस सल्यान–तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आज एक दिनलाई शोकमा बन्द गरिएको छ । कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाले आज विद्यालय बन्द गर्ने […]

Continue Reading

साहित्यकार रेग्मीको निधन

चितवन, ८ पुस साहित्यकार हरिहर रेग्मी ‘सविताको शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उनका महाकाव्य, कथा, कविता, काव्य गरी सात पुस्तक प्रकाशित छन् । पछिल्लो समय मधुमेह, पेट […]

Continue Reading

बिहानै भूकम्पको धक्का

काठमाडौँ, ८ पुस सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भूकम्पको धक्का करीब १० सेकेन्डसम्म महसुस भएको थियो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो […]

Continue Reading

सार्वजनिक बिदाको माग

काठमाडौँ, ८ पुस राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ (क्रिसमस) मा सार्वजनिक बिदाको माग गर्दै आज मोटरसाइकल रयाली निकालेकाे छ । बिजुली बजारदेखि शुरु भएको उक्त याली माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, जमल, दरबारमार्ग, कमलपोखरी, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको हो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले रयालीको शुभारम्भ गर्दै मुलुकमा बहुभाषा, बहुधर्म प्रचलनमा […]

Continue Reading

कालिका पत्रकारिता पुरस्कार प्रदान

बागलुङ, ८ पुस कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत भएको छ । आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरेको थियो । कालिका […]

Continue Reading

हक्कीमा नेपाललाई कास्य पदक

काठमाडौँ, ८ पुस नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले […]

Continue Reading