‘विभिन्न घटनामा संलग्न पाँच पक्राउ

दाङ, १७ माघ दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । उनीहरुलाई गढवा […]

Continue Reading

‘माघ महीनामै लालीगुराँस फुल्यो

अमरगढी, १७ माघ सधैजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको […]

Continue Reading

‘नेपाल–पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ, १७ माघ अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो । फैसलावादस्थित एकवाल मैदान वर्षाका कारण खेल्न लायक छैन । अम्पायर र म्याच रेफ्रीले स्थानीय […]

Continue Reading

‘पश्चिमी वायुले बदली र वर्षा

काठमाडौँ, १७ माघ  पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो । गए रातिदेखि प्रवेश गरेको […]

Continue Reading

‘किसान कल सेन्टरमा २५३ फोन’

ललितपुर, १७ माघ नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी […]

Continue Reading

आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

ताप्लेजुङ, १७ माघ ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्राहलय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो । सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय […]

Continue Reading

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी

डोटी, १७ माघ लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया सारदा विष्ट । विगत एक वर्षदेखि शुरु गरेको कुखुरापालन व्यवसायबाट उनले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गर्छ । त्यसैको आम्दानीबाट उनले आफ्नो एक छोरीलाई […]

Continue Reading

सुन्तला उत्पादनबाट पर्वतमा रु छ करोड भित्रियो

पर्वत, १७ माघ  यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । बाँसखर्कबाट रु साढे दुई करोड, देउपुरबाट रु एक करोड, फलेवासबाट रु एक करोड र […]

Continue Reading

कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसायमा

बेझाड, १७ माघ बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गरेको छ । तीन वर्षको कोरियाको अनुभवले उनलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर मिलेको छ । “कोरियामा गरेको दैनिक १२/१५ घण्टाको दुःख यही दिनमा एक/दुई घण्टा गरियो भने लाखौँ कमाउन सकिँदोरहेछ”, उनले भने । कम लगानीमा थोरै मेहनत गरे […]

Continue Reading

भक्तपुर अस्पतालमा थन्कियो डायलाइसिस मेशिन

भक्तपुर, १६ माघ  भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ । जर्मनीको एक दाता संस्थाले दिएको रु दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको […]

Continue Reading