विपन्न परिवारलाई बीउ पूँजी

बलेवा, १८ मङ्सिर विपन्न परिवारको जीवनस्तर सुधारका लागि यहाँको एक गाउँपालिकाले पशुपक्षीको बीउ पूँजी उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । बागलुङको ताराखोला गाउँपालिकाले अति विपन्न, एकल महिला तथा द्वन्द्वपीडित परिवारका सदस्यको लागि बीउ पूँजीको रुपमा पशुपक्षी निःशुल्क उपलब्ध गराउने भएको हो । गाउँपालिकाले पशु सेवा शाखामार्फत यसवर्ष रु १५ लाख बराबरको बीउ पूँजी किसानलाई […]

Continue Reading

प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

वीरगञ्ज १८ मङ्सिर पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ ।कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय […]

Continue Reading

सुन र लागुऔषधसहित पक्राउ

काठमाडौँ, १८ मङ्सिर महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल […]

Continue Reading

बिहे गर्ने बेलामा सम्बन्धविच्छेद

तेह्रथुम, १८ मङ्सिर लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह पछिका तीन वर्षसम्म त उनीहरुको सम्बन्ध ठीकै थियोे । त्यसपछि शुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले […]

Continue Reading

वडाको बजेटले क्यारमबोर्ड खरीद

बाँके, १७ मङ्सिर नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख […]

Continue Reading

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा 

ललितपुर, १८ मङ्सिर रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो । ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) […]

Continue Reading

सञ्चारकर्मी पुरस्कृत हुने

मेलम्ची, १८ मङ्सिर लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ ।महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने कार्यक्रममा महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापति ऋषिराम पौड्याललाई ‘सिन्धु पत्रकारिता सम्मान २०७५ प्रदान गरिने जनाएको हो । महासङ्घका सचिव दिनेश थापाका अनुसार ‘कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कार’ अन्नपूर्ण पोष्ट […]

Continue Reading