एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

काठमाडौँ, १९ मङ्सिर  बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन ढुकुटीबाट निकाल्दा र मार्गशीर्ष कृष्ण औँसीका दिन थन्क्याउँदा सर्वसाधारणलाई दर्शन दिने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । हजारौं भक्तजन […]

Continue Reading

नेपाली गीतसंगीतका अमर गायक नारायण गोपाल

काठमाडौँ, १९ मङ्सिर नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, […]

Continue Reading

हेटौँडामा बसपार्क निर्माण शुरु

हेटौँडा, १९ मङ्सिर मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ । हेटौँडामा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटौँडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो । विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको खाली जमीनमा बसपार्क निर्माण हुन […]

Continue Reading

साउदीमा नेपाल प्रवर्धन मेला

काठमाडौँ, १९ मङ्सिर  साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवर्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली […]

Continue Reading

सुन्तला कम फलेपछि किसान चिन्तित

बनेपा, १९ मङ्सिर सुन्तला राम्रोसँग नफलेको भन्दै काभ्रेपलाञ्चोकका सुन्तला खेती गर्ने किसान चिन्तित भएका छन् । सुन्तलाको फूल फुलेर फल लाग्ने बेलामा झरी पर्नुका साथै असिनाले फल झारेका कारण राम्रो दाना नबसेको किसान बताउँछन् । पनौती नगरपालिका–१० शङ्खु थापागाउँका किसान केदारबहादुर थापाले गत वर्षभन्दा यसवर्ष कम फलेको बताए । २०३८ सालदेखि नै सुन्तलाखेती गर्दै आएका […]

Continue Reading

लुम्बिनीमा दृश्य चित्रमा उतार्न चित्रकार

लुम्बिनी, १९ मङ्सिर शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् । दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरुले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् । आज यहाँ वृहत् चित्रकला कार्यशालासमेत […]

Continue Reading

सुविधासम्पन्न सभागृह बनाउने टुङ्गो

चितवन, १९ मङ्सिर लामो समयको कसरतपछि जिल्लामा सुविधासम्पन्न सभागृह बन्ने टुङ्गो लागेको छ । भरतपुर महानगरपालिकाले पहिले प्रस्ताव गरेका दुई ठाउँमा विवाद भएपछि जिल्ला समन्वय समितिको पार्क निर्माणका लागि छुट्याइएको ठाउँमा सभागृह बनाउने निर्णय भएको हो । जिल्ला समन्वय समितिको कार्यालय पूर्वपट्टि रहेको चार बिघा चार कट्ठा जमीनमा सभागृह बनाउने निर्णय गरिएको हो । शहरी […]

Continue Reading

जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग

म्याग्दी, १९ मङ्सिर म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेको छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयलाई सहयोग गरेको हो । विद्यालयमा मङ्गलबार आयोजित समारोहमा अध्यक्ष रोकाले रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरेको थियो । अध्यक्ष रोकाले उपलब्ध गराएको रकम […]

Continue Reading

ताराखोलाको झरनामा लोभिए पर्यटक

बागलुङ, १९ मङ्सिर वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट […]

Continue Reading