गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन : विज्ञ समूहद्वारा कार्यपत्र प्रस्तुत

सिन्धुपाल्चोक, १६ पुस मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा आज आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ । कार्यपत्रमाथि समूहगत छलफलपछि निश्कर्षसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले जानकारी दिए। आज जलवायु परिवर्तनको विविधतासम्बन्धी चार तथा जलवायु परिर्वतन र यसको […]

Continue Reading

चार क्यापिटललाई कारवाही

काठमाडौँ, १६ पुस नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले […]

Continue Reading

राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नु पर्छ : महामन्त्री सिंह

पर्सा, १६ पुस नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले महामानव विपी कोइरालाले ४० वर्षअगाडि प्रतिपादन गरेको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताएको छ । महामन्त्री सिंहले राष्ट्रियताको रक्षा गर्दै प्रजातन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्तिबीच मेलमिलाप हुनुपर्ने विपी कोइरालाले २०३३ सालमा प्रतिपादन गरेको सिद्धान्तको अहिले बढी आवश्यकता महसुस भएको बताए । काङ्ग्रेस पर्साद्वारा आज वीरगञ्जमा […]

Continue Reading

काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौँ, १६ पुस काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आइतबार […]

Continue Reading

आगलागी प्रभावितलाई सहयोग

काठमाडौँ, १६ पुस काठमाडौँस्थित एल.आर.आई विद्यालयले कर्णाली प्रदेश, कालिकोटको पाताल गाउँपालिका–१ खाडा गाउँका आगलागी पीडित परिवारलाई रु एक लाख पचास हजार बराबरको सहयोग प्रदान गरेको छ । विद्यालयले १२० वटा बलाङ्केट, १२० वटा झोला, लत्ता कपडासहित पुस्तकालय सामग्री सहयोग गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शिवराज पन्तले काठमाडौँ महानगरपालिका शिक्षा विभाग […]

Continue Reading

भक्तपुर बचतका ज्येष्ठ नागरिक शेयर सदस्यको भ्रमण सम्पन्न

भक्तपुर, १६ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा खेलकूद उपसमितिको आयोजनामा संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यको दुई दिने भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । भ्रमणका क्रममा पहिलो दिन पुस १४ गते देवघाटमा दर्शन गरेर पुस १६ गते मनकामना दर्शन गरी फर्केका थिए । जम्मा ५० जना तिर्थालुको उपस्थिति रहेको उक्त भ्रमणमा […]

Continue Reading