६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बिहीबार १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमितमध्ये ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ४ सय ५७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश २ मा  २ हजार १ सय ४५, प्रदेश १ मा ८ सय ७४, प्रदेश ५मा ६ सय ३, सुदूरपश्चिम प्रदेशमा १६९, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *