नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३९,४६० पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ भदाै

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७  र भक्तपुरमा ४१  संक्रमित थपिएका छन्।

देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा देभभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *