भक्तपुरमा साेमबार चाँगुनारायण नगरपालिका स्थित वागिश्वरीका ४१ बर्षीय पुरुष, भक्तपुर ठेगाना भएका २६ ,२५,२५ र ४६ बर्षीय ४ जना पुरुष, लोकन्थलीका २१ बर्षीय पुरुष, गठ्ठघरका २३ बर्षीय पुरुष, सुर्यविनायक ठेगाना भएका ३० बर्षीय पुरुष ,२६ र २९ बर्षीय दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् । त्यस्तै अन्य संक्रमितहरु मध्ये भक्तपुर नगरपालिका ५ का ५६ बर्षीय पुरुष र थिमी नगरपालिकाका ५६ बर्षका एक महिला र एक पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
केहि दिन अघि मात्रै कोरिया मैत्री अस्पतालका तीन जना नर्स र एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल शिल गरिएको थियो । अस्पतालमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा २५ बर्षीय नर्समा कोरोना संक्रमण देखिएको हो । अहिले सम्म भक्तपुर जिल्लामा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । जसमध्ये ५७ जना उपचार पछि संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।
