Tuesday, May 21, 2024

सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका कुल संक्रमित संख्यामा १७३ जना महिला छन् भने ४०८ जना पुरूष रहेको भएको जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

सोमबारसम्म १५ हजार १ सय ५८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ९ हजार ६ सय ३९ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० नमूनाको पीसीआर विधिबाट परीक्षण भएको छ भने साेमबारसम्म कुल ५ लाख २९ हजार ४ सय २७ नमूनाको पीसीआर परीक्षण सम्पन्‍न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *