रातो मच्छिन्द्रनाथको रथारोहण

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

काठमाडाैं, १० साउन

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।

उनले भने, ‘विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।’

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।

यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *