न्यूज अपडेट
काठमाडाैं, ३० असार
विभिन्न देशले कोरोना भाइरसलाई साामान्य रूपमा लिदाँ काेराेना भाइरसले भयाभव रुप लिन सक्ने विश्वस्वास्थ्य संगठनले बताएको छ ।
विश्वस्वास्थ्य संगठनले धेरै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाको सामान्य नियम पनि पालना गर्न नसक्नदा कोरोना भाइरसके जोखिमको भयाभव रुपमा प्रस्तुत हुन सक्ने ंसंगठनले चेतावनी दिएको छ ।
धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि खतराको केन्द्र बन्दै गइरहेको छ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।
‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भनेका छन् ।
उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखानपरिसकेको’ बताउँदै भनेका छन्, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् ।’
