४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ५ चैत

पछिल्लो  २४ घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ९ सय ९३ पीसीआर नमुना परीक्षण गर्दा ८ र २ हजार ५ सय ५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी १७ जनाको रीपोर्ट पोजेटिभ आएको हो।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *