एमसीसी पारित विरूद्ध आज दतात्रयमा नेमकिपाकाे जनसभा

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ फागुन एमसीसी पारित विरूद्ध नेपाल मजदुर किसान पार्टीले आज साँझ साढे ३ बजे दतात्रयमा जनसभा गर्ने भएकाे छ । निरन्तर संघर्षमा उभिरहेकाे नेमकिपाले बुँदा बुँदा केलाएर सभासद प्रेम सुवालले बाेल्दा पनि बुझपचाएर ११ बुँदे व्याख्यात्मक घाेषणालाइ संसदबाट पारित गरेकाे छ। साेही घाेषणाकाे विरूद्ध नेमकिपाले देशका विभिन्न ठाउँमा निरन्तर जनचेतनामूलक कार्यक्रम […]

Continue Reading

भक्तपुर बचतको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिवार धुलिखेलमा बनभोजसहित सम्पन्न भएको छ । संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रत्नप्रसाद प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै उनले रजत वर्ष र जनताका बीच बाचा गरेका आदर निकेटनको चाँदै शुरु गर्नुपर्ने बताए । उनले सदस्य संख्याभन्दा पनि संस्थाको वित्तीय व्यवस्थापनलाई अझ […]

Continue Reading

एमसीसी विरूद्ध नेमकिपाकाे सभा जारी, १५ गते पनि खबरदारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ फागुन मिलिनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) विरूद्ध नेपाल मजदुर किसान पार्टीले शुक्रबार पनि बानेश्वरमा संसद घेराउ गरेकाे छ । काेटेश्वरबाट शुरू भएकाे जुलुस बानेश्वरस्थित सभामा परिणत भएकाे थियाे । जनताकाे आन्दोलनले मात्र एमसीसी खारेज गर्ने भएकाले जनता उठ्नु आवश्यक रहेकाे नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले बताए । […]

Continue Reading

क्युवाप्रति श्रमजीवी नेपाली जनताको ऐक्यबद्धता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ फागुन नेपालका लागि नवनियुक्त क्युवाली राजदूत अलेहान्द्रो सिमान्कस मारिनको सम्मानमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार ‘स्वागत कार्यक्रम’ भयो । राजदूत मारिनलाई स्वागत गर्दै पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालले क्युवाली पर्यटन उद्योगबाट सिक्नुपर्ने उल्लेख गर्दै क्युवाली योजना निर्माणबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । नेपाली श्रमजीवी वर्गको तर्फबाट समाजवादी क्युवाप्रतिको ऐक्यबद्धता […]

Continue Reading

तेखापुखु फल्चा तथा शारीरिक व्यायाम सामाग्री उद्घाटन

न्यूजअपडेट संवाददाता भक्तपुर, १३ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा र शारीरिक व्यायाम सामाग्री शुक्रबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरबासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताए । भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न […]

Continue Reading

एमसीसी विरूद्ध नेपाल मजदुर किसान पार्टीकाे प्रदर्शन जारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ फागुन नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिहीबार पनि काठमाडौंको नयाँं वानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । कोटेश्वरबाट सुरु भएको जुलुश बानेश्वरमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा पार्टी सचिव एवं सांसद प्रेम सुवाल, पार्टी केन्द्रिय सदस्य एवं बागमति प्रदेश सांसद् सृजना सैंजू, पार्टी केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, विद्यार्थी […]

Continue Reading

विकासोन्मुख मुलुकको प्रतिनिधित्व बढाउन चीनको अडान

न्यूज अपडेट संवाददाता पेइचिङ, १२ फागुन चीनका परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी २२ मा पेइचिङमा भिडियोमार्फत ७६ औँ राष्ट्र सङ्घीय सुरक्षा परिषद्को सुधार तथा सरकार–सरकार वार्ता संयन्त्रका संयुक्त अध्यक्ष एवं राष्ट्र सङ्घका लागि कतारका आवासीय प्रतिनिधि शेख अल्या अहमद बिन सैफ अल थानी तथा राष्ट्र सङ्घका लागि डेनमार्कका आवासीय प्रतिनिधि मार्टिन बिल हर्मनसँग भेटवार्ता गरेको […]

Continue Reading

एमसीसीबारे चीनको कडा टिप्पणी : यो उपहार हो कि पाण्डोराज बक्स ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ फागुन चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एमसीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ […]

Continue Reading

वार्तामार्फत युक्रेन सङ्कटको समाधान गर्नुपर्नेमा चीनको जोड

न्यूज अपडेट संवाददाता एजेन्सी, ११ फागुन (सीआरआई) रूसले पूर्वी युक्रेनका दुई वटा गणतन्त्रलाई स्वीकार गरेको छ । त्यसपछि अमेरिकाले रूसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । साथै केही पश्चिमा मुलुकले पनि प्रतिबन्ध लगाउन घोषणा गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को युक्रेन समस्यासम्बन्धी आपत्कालीन सम्मेलनमा चीनले संयम राखेर अवस्थालाई गम्भीर बनाउने कुनै पनि […]

Continue Reading

भक्तपुर नपाको एघारौँ नगरसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ फागुन भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा गत माघ २६ गतेबाट सुरु भएको सभा फागुन १० गते मङ्गलबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको एघारौँ नगरसभाको मङ्गलबार बसेको बैठकले भक्तपुर नपाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक, भक्तपुर नपाको केही विनियमलाई संशोधन गर्न बनेको […]

Continue Reading