काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमित (१५ दिनको तथ्यांक सहित)

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २२ बैशाख

 काठमाडौं उपत्यकामा १५ दिन यता कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। सोही अवधिमा मृतकको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा मात्र ३३ हजार ४ सय ५१ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ७ हजार १४ जना डिस्चार्ज भएका छन् भने ७७ जनाको मृत्यु भएको छ।

वैशाख १५ गतेबाट संक्रमितको संख्या २ हजारबाट बढ्दै वैशाख १९ बाट संक्रमितको संख्या तीन हजार नाघेको देखिन्छ।

कुन दिन कति संक्रमित, डिस्चार्ज र मृत्यु ?
वैशाख ८ – १०५१ संक्रमित, १३१ डिस्चार्ज, १ मृत्यु
वैशाख ९ – ११७४ संक्रमित, १३७ डिस्चार्ज, २ मृत्यु
वैशाख १० – ९४० संक्रमित, १७७ डिस्चार्ज, शून्य मृत्यु
वैशाख ११ – ८७२ संक्रमित, १८२ डिस्चार्ज, २ मृत्यु
वैशाख १२ – १४९८ संक्रमित, २३६ डिस्चार्ज, ७ मृत्यु
वैशाख १३ – १९१२ संक्रमित, १६२ डिस्चार्ज, ५ मृत्यु
वैशाख १४ – १९६६ संक्रमित, २२५ डिस्चार्ज, २ मृत्यु
वैशाख १५ – २०४७ संक्रमित, ४७२ डिस्चार्ज, ५ मृत्यु
वैशाख १६ – १५६१ संक्रमित, ४६८ डिस्चार्ज, ५ मृत्यु
वैशाख १७ – २९५६ संक्रमित, ५१४ डिस्चार्ज, ५ मृत्यु
वैशाख १८ – २४९५ संक्रमित, ५९१ डिस्चार्ज, २ मृत्यु
वैशाख १९ – ३५९५ संक्रमित, ८१५ डिस्चार्ज, ४ मृत्यु
वैशाख २० – ३६६६ संक्रमित, ११६३ डिस्चार्ज, १३ मृत्यु
वैशाख २१ – ३८९३ संक्रमित, ८०८ डिस्चार्ज, १० मृत्यु
वैशाख २२ – ३८२५ संक्रमित, ९३३ डिस्चार्ज, १५ मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *