काठमाडौं उपत्यकामा २७९ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
कठमाडाैं, १० पुस

पछिल्लो २४ घण्टामा काठमाडौं ११५ महिला र १६४ पुरुष गरी २७९  जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १९ हजार ६२८ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९५ हजार ८७० जना संक्रमित भएका छन्, जसमध्ये ४५९ जनाको मृत्यु भएको छ। हालसम्म ९२ हजार २९५ जना निको भएका छन्।

ललितपुरमा १४ हजार ९९९ जना संक्रमित भएका छन्। जसमा १४४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ३७१ जना निको भएका छन्।

भक्तपुरमा ८ हजार ७५९ संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ४४८ जना निको भएका छन्।

आज काठमाडौंमा ३ हजार ११६ ललितपुरमा ४८४  र भक्तपुरमा २१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ।

शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८९२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *