पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १ माघ

पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ। कुल संक्रमितमध्ये २१ हजार ५८४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ। हाल १२६ जना क्वारेन्टाइनमा छन्। ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *