नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३० पुस

२०५६० परीक्षणमा ५०८७ जनामा कोरोना पोजिटिभ

नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *