सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १ माघsharethis sharing button

देशभर सात वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १, बागमती र गण्डकी प्रदेशका गरी सात जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्। काठमाडौंमा ९ हजार ६१, ललितपुरमा २ हजार ३८२ र भक्तपुरमा १ हजार ३७१ जना सक्रिय संक्रमित छन्।

यस्तै सात वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा झापा, धुनषा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र रुपन्देही रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *