स्वतन्त्र पत्रकार संघ भक्तपुरले गरे पत्रकारलाई सम्मान

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १ भदाै

स्वतन्त्र पत्रकार संघ भक्तपुरले दुईजना पुराना पत्रकारलाई सोमबार सम्मान गरेको छ।सम्मानित हुनेहरुमा डा इन्दुल केसी र कृष्ण प्रजापति छन्। डा केसी २०१५ सालदेखि तत्कालिन नेपाल सम्वाद समिति हालको राष्ट्रिय समाचार समितिमा आवद्ध भइ पत्रकारिता गरेका पत्रकार हुन्। अर्का सम्मानित व्यक्ति पत्रकार प्रजापति पनि दुई दशक बढी समयदेखि हालसम्म पनि निरन्तर पत्रकारिता क्षेत्रमै क्रियाशिल छन्। प्रजापति विशेष गरेर नेपाल भाषाको पत्रकारितामा सक्रिय छन्।
स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष केवी सम्राटले उनीहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा उनले पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु नाराका साथ स्वतन्त्र पत्रकार संघ क्रियाशिल रहेको बताए। संघको आगामी राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गते हुने भएको पनि उनले जनाए।कार्यक्रममा पत्रकार कृष्ण किसी, राजेन्द्र कोजू, सिमान्त शिल्पकार, छन्दविक्रम निरौलालगायतले सम्मानित पत्रकारहरुलाई बधाई ज्ञापन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *