समदर्शीमा ऋण ब्यवस्थापन कार्यशाला

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १ भदौ


भक्तपुरकाे माहेश्वरीस्थानमा समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को ऋण उपसमितिको आयोजनामा एक दिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, प्रबन्ध निर्देशक तथा कार्यक्रमका सहजकर्ता हरिराम लवजूले एक दिने ऋण ब्यवस्थापन कार्यशाला कार्यक्रमबाट ऋण लगानी देखि ऋणको ब्यवस्थापन, ऋण असुली, ऋण सम्बन्धी सहकारी ऐन तथा नियमावलीमा भएका ब्यवस्थाको जानकारी मिल्ने र संस्थामा भविष्यमा ऋण सम्बन्धी कुनै समस्या आएको खण्डमा त्यसको समाधान कसरी गर्ने तथा ऋणको कानुनी प्रक्रियाको बारेमा जानकारी हुने कुरामा जोड दिए । त्यस्तै संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले संस्थामा नयाँ कार्यसमिति चयन भएर आइसकेपछि संस्थाको महत्वपूर्ण पाटोको रुपमा रहेको ऋण लगानीको बारेमा सबै पदाधिकारीहरुले बुझ्नै पर्ने भएकोले यो कार्यक्रमको आयोजना भएको औल्याए । संस्थाका सचिब तथा ऋण उपसमितिका संयोजक विश्वबहादुर दुवालले संस्थाको ३ महिने कार्ययोजना अन्तर्गत ऋण ब्यवस्थापन कार्यशालाको आयोजना गरिएको प्रस्ट पारे ।

कार्यक्रममा सहजकर्ता हरिराम लवजुले ऋण सम्बन्धी आधारभूत विषय र सिद्धान्तहरु, ऋण लगानी शीर्षक, सीमा, प्रशासनिक प्रक्रिया र स्वीकृति तथा ऋण असुली ताकेता प्रक्रिया र असुली सम्बन्धी कानूनी ब्यवस्था गरी ३ चरणमा प्रस्तुतीकरण गरेको थियो । कार्यक्रमको समापन समारोहमा सञ्चालक समिति सदस्य कृष्णगोपाल लागेजू, तुल्सीकाजी मानन्धर तथा विनिता मानन्धरले आ–आफ्नो अनुभव सुनाएका थिए भने कार्यक्रममा कृष्णराम दुवाल, बद्रीप्रसाद अवाल, प्रमिला रंजित, शर्मिला दुवाल, उमा प्रजापति, आसराम सुवाल, सुरेन्द्र ख्याजूले पनि बोलेका थिए । ऋण उपसमिति संयोजक विश्वबहादुर दुवालको सभापतित्वमा भएका उक्त कार्यक्रममा सञ्चालक समिति, उप समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *