१ हजार १ सय ४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ भदाै

पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २७९५८ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *