२४ घण्टामा १५ हजार ६११ नमुना परीक्षण गर्दा ३४५१ जनामा संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३२ साउन

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५६  र पाँच हजार ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार  ४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *