पत्रकार महासंघ भक्तपुरको २१औं साधारणसभा सम्पन्न

विशेष समाचार समाचार

भक्तपुर, ५ माघ

नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औं वार्षिक साधारणसभा, स्मारिका विमोचन तथा स्व. मैयादेवी शिल्पकारस्मृति पत्रकािरता पुरस्कार वितरण कार्यक्रम शनिवार भक्तपुर बैंक्विट, कालोपाटीमा भएको छ ।
प्रमुख अतिथि एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सभाको उद्घाटन गर्दै पत्रकारले राजनीतिक कुराभन्दा पनि पेशागत कुरामात्रै गर्नुपर्ने बताए । उनले महासंघको भवन बनाउन मन्त्रालयसँग बजेत भएको तर घोषणा गर्न नसकिने जानकारी गराए । उनले भने, ‘मिडियाले पत्रकारिता गर्ने हो, सत्तापक्ष र प्रतिपक्षले जस्तै भाषा परिवर्तन गर्ने होइन ।’ मिडिया सार्वजनिक सम्पत्ति भएकाले मिडियाले सामाजिक जिम्मेवारी र उत्तरदायित्वलाई बहन गर्नुपर्ने उनको धारणा छ । अरु केही गर्न नसकेपनि सबै श्रमजीवी पत्रकारको हक हितको रक्षाका लागि सरकारले न्यूनत्तम पारिश्रमिकको कार्यान्वयन गरेरै छाड्ने र हाल २५ प्रतिशत थपिएको उनले जानकारी गराए । डा. गोविन्द केसीको प्रसङ्गलाई कोट्उँदै कुनै पनि व्यक्तिले सबैको माग पूरा गर्न नसक्ने बताउँदै पत्रकारहरु साह्रै धेरै पूर्वाग्रही हुँदा आफैलाई पछि पश्चाताप हुने बताए ।
महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार हकहितका लागि बाहेक राष्ट्र र जनताको हकहितमा कुरा उठाउनुपर्नेमा पत्रकारहरुले समीक्षा गर्नुपर्ने बताए । साथै उनले श्रमजीवी पत्रकारको न्यूनत्तम पारिश्रमिकको कार्यान्वयन तथा विज्ञापन नीतिमा समानुपातिक हुनुपर्नेमा जोड दिए । सांसद महेश बस्नेतले समाचार रचनात्मक हुनुपर्ने धारणा राख्दै देशमा भएका घुसखोरी, भ्रष्टाचारका कुराको आलोचना र टिक्काटिप्पणी हुनुपर्ने बताए ।
भक्तपुरको पत्रकारिता नामक स्मारिका विमोचन भएको उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकार नारायण सुन्दर किलम्बूलाई स्व. मैयादेवी शिल्पकार स्मृति पुरकार तथा सहयोगी संस्थागत सम्मान समेत गरेको थियो ।
कार्यक्रममा विभिन्न जिल्लागत पार्टी तथा वक्ताहरुबाट महासंघको सफलताको शुभकामना समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *