२४ घण्टामा १२ हजार १०६ नमुना परीक्षण गर्दा २२१२ जनामा संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३१ साउन

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ७९३  र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार  ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ४ हजार २८० भने ७५८ जना आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *