महादेवकाे सृष्टि गर्दै नवदुर्गागण, नकिं नियुक्तिकाे विवाद कायमै

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २२ साउन

भक्तपुरकाे विश्व प्रसिद्ध जात्रा नवदुर्गामा आज महादेवकाे सृष्टि हुने भएकाे छ । आजैदेखि नवदुर्गागणकाे पुनर्जन्म हुने विश्वास गरिन्छ । पुनर्जन्मले विजया दशमीमा पुर्णता पाउनेछ । त्यसयता नवदुर्गामा मूल पूजारी नकिंकाे विवादलाइ सल्टाउन नसक्दा अझै पनि विवाद कायमै रहेकाे छ ।

प्रत्येक १२ वर्षमा १ परिवारलाइ जाने पालाेमा विवाद आउँदा यस वर्षकाे पालाेका विषयमा पुनरावेदन अदालतमा मुद्दा समेत हुन पुगेकाे छ । पुनरावेदन, जिल्ला प्रशासन र स्थानीय निकायबाट समेत छलफल गरी विवादित विषयमा निर्क्यैाल निकाले पनि विवाद ज्यूँ का त्यूँ रहेकाे स्थानीयहरू बताउँछन् । यस्ताे विवादले नवदुर्गाप्रतिकाे भक्तजनकाे आस्था घट्दै जाने भएकाेले साे विषयमा आन्तरिक छलफलबाटै टुंगाे लगाउनुपर्ने स्थानीयकाे तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *