पुनः बढ्दै कोरोना संक्रमण- चार जनामा परीक्षण गर्दा एक जनालाई संक्रमण, बुधबार २८९२ थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १६ असार

पछिल्लो  दिनमा नेपालमा कोरोना  संक्रमण पुनः बढ्न थालेको छ। पछिल्ला दिनमा नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए। उनले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरे।

पछिल्लो ३४ घण्टामा देशभर २ हजार८९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३  जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ। यसमा गत वैशाख र जेठ महिनामा मृत्यु भएका तर अद्यावधिक नभएको संखया समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *