रक्सौल भन्सारमा रोकिएका औषधि र कच्चा पदार्थ आउन थाले नेपाल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

वीरगंज, २५ चैत
रक्सौल भन्सारमा रोकिएका औषधि र कच्चा पदार्थ आउन थाले नेपाल

रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि तथा कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन्। वीरगंज-पथलैया औद्योगिक कोरिडोरका करिब चार ट्रक औषधि तथा कच्चा पदार्थ वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा नेपाल आउन थालेको बताइएको छ।

वाणिज्यदूत एम कोट्रास्वामीले यस विषयमा आफू नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसँग समन्वय गरी औषधि तथा कच्चा पदार्थ मितेरीपुल नाका भएर नै मगाउनमा भूमिका निर्वाह गरेको बताए।

मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले आज तीन ट्रक सामान रक्सौल गोदामबाट लोड भई वीरगंज प्रवेश गरेको जानकारी दिए। उनले दुवै देशमा जारी लकडाउनले गर्दा रक्सौल यार्डमा खुद्रा रूपमा मगाइएका औषधि तथा सहायक कच्चा पदार्थ एक सातादेखि होल्ड भएको बताए।

भारत सरकारले बन्देज गरेको २६ प्रकारका औषधिबाहेक औषधि र कच्चा पदार्थ रक्सौल भन्सारका अधिकारीहरूले रक्सौल नाकाबाट जाँचपास गर्न नदिएको र आइसिपीबाट मात्र जाँचपास गराउनुपर्ने भन्दै अवरोध सृजना गरेकोले ती औषधिहरु होल्ड भएका हुन्।

होल्ड भएका औषधि र कच्चा पदार्थ ल्याउने विषयमा आइसिपी र रक्सौल नाकाबाट रक्सौल भन्सारका डेप्युटी कमिश्नर आशुतोष कुमारसँगको छलफलपछि औषधि तथा कच्चा पदार्थ आउन थालेको उद्योगीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *