पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ६ असार
1140x725

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार ९५६  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर ५५ हजार ५३२  जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *