स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म र ५० वर्ष पुगेकालाई रात्रीकालिन ड्युटीमा खटाउन नपाइने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ५ असार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म अस्पतालमा रात्रीकालिन ड्युटी नगराउन पत्र काटेको छ।  मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थालाई उक्त कुरा लागू गर्न जिम्मा दिएको छ।

नेपाल नर्सिङ संघले  २०७७ कात्तिक २६ गते नर्सिङ जनशक्तिको ड्युटी सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई दुई वर्ष रातिको ड्युटीमा नखटाउन आग्रह गरेको थियो।

स्वास्थ्य मन्त्रालयले नीति समन्वय समितिको गत चैत २३ गते बसेको बैठकले ५० वर्ष उमेर कटेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्ष रात्रीकालिन ड्युटी नगराउने निणर्य गरेको जनाएको छ।

मन्त्रालयका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले नेपाल नर्सिङ    संघलाई पत्राचार गर्दै ती समुहलाई ड्युटी नगराउने सम्बन्धमा सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनले आन्तरिक रुपमा समाधान गर्ने जिम्मेवारी दिने निणर्य भएको जनाएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *