शुक्रबारदेखि वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ८ असारsharethis sharing button

वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।

यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त रकम व्यहोरिने बताइएको छ।
‘यसअघि बिरामीले प्रतिबेड २०० रुपैयाँ तिर्नुपर्नेमा अब ७०० बेड निुशल्क रुपमा उपलब्ध गराएका छौं,’ न्याम्सका उपकुलति डा भुपेन्द्र बस्नेतले भने, ‘उक्त रकम आन्तरिक श्रोत र सरकारसँग सहयोग लिएर व्यवस्थापन गर्छौ।’
अस्पतालका क्याबिन र आइसियूमा भने  शुल्क लाग्नेछ।

सरकारले बिहिबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *