गत २४ घण्टामा ३६६० जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ५ असार

गत २४ घण्टामा देशभर ३ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ।

उक्त अवधिमा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *