पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ३० जेठ

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्।

देशभरका प्रयोगशालामा ७ हजार ५१७ जनाको पिसिआर र  ४ हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  १ हजार ६९४  जना र एन्टीजेटमार्फत ७१३ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित पुष्टि भएका छन्।

देशभर आज ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ६४ हजार ७४४ जना होम आइसोलेसन र ५ हजार २११ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४१३ जना संक्रमितको मृत्यु भएको छ। आज ५४८ जना क्वारेन्टाइनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *