पछिल्लो २४ घण्टामा ७०८ संक्रमित थपिए, ६१३५ जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १४ पुस

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ।

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन्।

मंगलबार मात्र ७ ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *