गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
कास्की, २५ जेठ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयलाई जानकारी दिनु पर्ने नियम अनुसार मुख्यमन्त्री गुरुङले जानकारी गराएका हुन् ।

प्रदेशसभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ ।

प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *