आज २२ सय ८७ कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ भदाै

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा  ३२ हजार ९ सय ६४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। जसमध्ये ९०२ जना कोरोना पोजेटिभ भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *