नेपाल हस्तकला महासंघबाट आर्थिक सहयोग प्रदान

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, २३ जेठ


हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघबाट विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदै आएको राष्टिकय आविस्कार केन्द्रका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ । केन्द्रले कोभिड १९ बाट संक्रमित विरामीहरुको निमित्त विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा महासंघले सहयोग गरेको हो ।

महासंघले उक्त सहयोग रकम सो केन्द्रको नाममा ग्लोबल आई. एम. ई. बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघले बताइएको छ । यस सहयोगबाट कोभिड १९ को न्यूनीकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्ने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *