मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २३ जेठ

चैतको अन्तिम सातादेखि नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको थियो। विस्तारै कोरोना संक्रमितको संख्या बढ्दै थियो। त्यही मौका छोपेर ओम सर्जिकल कन्सर्न प्रालीले मेडिकल सामाग्रीको सामानमा कालोबजारी सुरु गरेको थियो।

ओम सर्जिकल कन्सर्नका सञ्चालक ह्याम्स अस्पतालका मालिक पनि हुन। अस्पतालका मालिक रामशरण (आरएस) भण्डारीको ओम सर्जिकलले मेडिकल सामान आयातमा भन्सार छली गरेको विषय उजागर भएको थियो। उजुरी कै आधारमा राजस्व अनुसन्धान विभागले ओम सर्जिकलमा छापा मारेको थियो।

छापा मार्दै विभागले ओम सर्जिकलले राजस्व छली गरेको प्रमाण फेला पारेको छ। विभागले १ करोड ६ लाख ७२ हजार ९ सय ९ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवान र कैद सजाय माग गर्दै उच्च अदालतमा मुद्धा दर्ता गराएको छ। अदालतमा मुद्दा बिचाराधिन छ।

एकातिर राजस्व छलीको मुद्दा चलिरहेको छ भने अर्को तर्फ भण्डारीकै लगानी रहेको ह्याम्स अस्पतालमा सरकारले तोकेकोभन्दा बढी मुल्यमा पिसिआर परीक्षण हुने गरेको छ। अस्पतालले कोरोना परीक्षणका लागि गरिएको नमुना संकलनमा सरकारले तोकेको भन्दा दोब्बर मुल्य लिँदै आएको छ।

अस्पतालले पिसिआर परीक्षण सुरु गरे देखिनै तोकिएको मुल्यभन्दा बढी शुल्क उठाउँदै आइरहेको छ।

पछिल्लो समय अस्पतालले घरमै गएर नमुना संकलन गरेवापत प्रतिव्यक्ति ५ सय रूपैयाँ बढी रकम असुल्दै आइरहेको छ। अस्पतालले हरेक दिन औषतमा २५० जनाभन्दा बढीको कोरोना परीक्षण गरिरहेको छ। पछिल्लो दिनको तथ्यांक हेर्दा अस्पतालमा एकैदिन ५०० जनाभन्दा बढीको परीक्षण समेत भएको देखिन्छ। जसमध्ये अस्पतालले धेरै नमुना घरमा गएर संकलन गर्न थालेको छ।

अस्पतालका एक कर्मचारीका अनुसार औषतमा दैनिक करिब एक सय जना जतिको नमुना घरमा पुगेर संकलन हुने गरेको छ। यो आधारमा हेर्दा अस्पतालले घरमा गएर मात्र नमुना संकलन गरेबापत दैनिक ५० हजार रकम बढी असुलिरहेको देखिन्छ। यस्तै अस्पतालमा नै गएर पिसिआर परीक्षण गर्नेसँग पनि सर्भिस चार्जका नाममा अस्पतालले थप ४ सय रुपैयाँ असुल्दै आइरहेको छ। अस्पतालले हालसम्म ९६ हजार ४८० जनाको पिसिआर परीक्षण गरेको छ।

‘परीक्षण गरिएका ९६ हजार ४८० नमुनामध्ये अस्पतालले देखि ८० हजारभन्दा बढी नमुनामा तोकेककोभन्दा रकम असुलेको छ’, अस्पतालकै एक कर्मचारीले भने, ‘यो आधरमा हिसाब गर्ने हो भने अस्पतालले परीक्षणमा मात्रै करोडभन्दा बढी रकम असुलेको देखिन्छ।’

हेरौं अस्पतालले बढी रकम लिएको बिल

सरकारले पिसिआर परीक्षणका लागि २ हजार रुपैयाँ तोकेको छ। यस्तै घरमा गएर नमुना परीक्षण गरे उक्त शुल्कमा थप ५ सय रुपैयाँ लिन पाउने नियम छ। तर ह्यामसले भने ५ सयको ठाउँमा एक हजार रकम असुल्दै आइरहेको छ।

परीक्षणमा मात्र नभइ अस्पतालले उपचारमा पनि बिरामीसँग अत्यधिक शुल्क लिँदै आइरहेको विषय बाहिर आइरहेको छ।

हेरौं प्रोटोकल

No description available.

रजस्व छलीको मुद्दा
राजस्व अनुसन्धान विभागले भण्डारीनै सञ्चालक रहेको कम्पनी ओम सर्जिकलमा सर्जिकलका प्रतिनिध र भन्सार प्रतिनिधि समेत गरी ४ जनालाई राजस्व चुहावट गरेको प्रमाण फेला पारेपछि मुद्दा हालेको हो।

विभाले र ह्याम्स अस्पतालका मालिक आरएस भण्डारीका भाई दलबहादुर भण्डारी तथा भन्सार प्रतिनिभि रामबाबु जमकटेलको आपासी मिलेमतोमा न्यूनतम मूल्यको गलत घोषण गरी राजस्व चुहावट गरेको फेला पारेको थियो।

उनीहरुले वास्तविक भन्दा फरक मालबस्तु भन्सार घोषणा गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याउने मनासयमा राजस्ज चुहावट गरेको भन्दै मुद्धा दर्ता गराएको विभागको भनाइ छ।

ह्याक्स अस्पतालका मालिक भण्डारीले कोरोना परीक्षण, उपचार तथा मेडिकल सामाग्री बिक्रीका नाममा ठगी गर्दै आएको पुष्टी हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *